एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
नुवाकाेट । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि मुलुकले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)को नेतृत्वमा एक साताभित्रै नयाँ सरकार पाउने गरी गृहकार्य अघि बढेको छ ।

रास्वपाको ऐतिहासिक जनादेशसँगै वरिष्ठ नेता बालेनको नेतृत्वमा बन्ने सरकारबारे राजनीतिक वृत्तमा तीव्र चासो देखिएको छ ।बालेन निकट स्रोतका अनुसार प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेनले सरकार गठनको पहिलो दिनदेखि नै मुलुकलाई नयाँ र सकारात्मक सन्देश दिने योजना तयार पारिरहेका छन् । आम नेपालीको मन जित्न सक्ने गरी सुरुकै दिनमा प्रधानमन्त्रीले निर्णय गर्ने गरी तयारी गर्न बालेन टिमले निजामती प्रशासनको मुख्य कमान्डमा रहेका उच्च प्रशासकहरूलाई समेत संकेत गरिसकेको बताइएको छ ।
बालेनले चुस्त र प्रभावकारी टिममार्फत सुरुकै दिनदेखि सरकारलाई चलायमान बनाउने गरी आवश्यक गृहकार्य गरिरहेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रशासनिक कमान्डमा रहेका उच्च प्रशासकहरूले समेत पाइसकेका बताइएको छ ।
सरकारका मुख्य सचिव सुमनराज अर्यालले नयाँ सरकारको स्प्रिटअनुसार परिवर्तनलाई आत्मसात गर्दै सिंगो कर्मचारी संयन्त्र पनि सरकारको गतिसँगै दौडिन तयार रहेको बताए । उनले भने, ‘राजनीतिक नेतृत्वले सरकारलाई चलायमान बनाउन सके कर्मचारी संयन्त्र स्वतः चलायमान हुँदै दौडिन्छ, रास्वपा र बालेनको नेतृत्वमा बन्ने सरकारलाई सिंगो कर्मचारी संयन्त्रको साथ रहन्छ, हामीहरू नयाँ सरकारसँगै दौडिन र परिणाम दिन तयार छौं ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि नयाँ सरकार र प्रधानमन्त्रीको टिमसँगै दौडने गरी आफ्ना संयन्त्रहरुलाई तयारी अवस्थामा राखिएको जनाएको छ ।
निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गर्ने क्रमसँगै अबको एक साताभित्र बालेन नेतृत्वको सरकार गठन हुने निश्चित भएको हो । आयोगले यही चैत्र ५ गते निर्वाचनको सम्पूर्ण नतिजासहितको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने कार्यक्रम छ ।
त्यसलगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरु हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो । राष्ट्रपतिले आयोगको प्रतिवेदन बुझेलगत्तै संविधानको धारा ७६‘१’ अनुसारको सरकार गठन हुने भएकाले धेरै सयम नलाग्ने र ढिलोमा ७ चैत्रभित्रै नयाँ सरकार बन्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूले बताए ।
उता, रास्वपाले केही दिनभित्रै र बालेनलाई संसदीय दलको नेताका रूपमा घोषणा गर्ने तयारी गरेको छ । रास्वपाले चुनावी अभियानकै क्रममा सार्वजनिक गरेको वाचा पत्रअनुसार मन्त्रालयको संख्या घटाउने निर्णयलाई कार्यान्वयन गर्ने तयारीसमेत गरिरहेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार बालेनले प्रधानमन्त्री नियुक्त भएको पहिलो चरणमै मन्त्रालयको संख्या २१ बाट घटाएर १८ मा सीमित गर्ने गृहकार्य अघि बढाएका छन । सोहीअनुसार १८ जनामात्रै मन्त्री रहने संरचना बनाउने तयारी गरिएको बताइएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यसले राज्यको अनावश्यक खर्च कटौतीका साथै भागबण्डा र पद वितरणको पुरानो राजनीतिक संस्कृति अन्त्य गर्ने स्पष्ट सन्देश जानेछ ।
बालेन र रविलाई मिलाउन महत्वपूर्ण भूमिका खेलेका रास्वपाका नेता अशिम शाहले मन्त्री बन्न कुनै प्रकारको दौडधुप वा भनसुन आवश्यक नरहेको स्पष्ट पारिसकेका छन । उनले केही दिनअघि आफ्नो सामाजिक सञ्जालमा लेखेका छन, –‘मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न, मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन ।
प्रधानमन्त्री बनेपछि बालेन शाहले आफ्नै मूल्यांकनका आधारमा क्याबिनेट टिम चयन गर्नुहुनेछ ।’ नेता शाहका अनुसार बालेनलाई पार्टीका सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी भएकाले मन्त्री चयन स्वतन्त्र ढंगले हुनेछ ।
अहिलेसम्मका धेरै सरकारहरूले दलगत सन्तुलन मिलाउन मन्त्रालय विभाजन गर्ने र नयाँ मन्त्रालय थप्ने प्रवृत्ति अपनाएका थिए । त्यसले राज्यकोषमा करोडौं रुपियाँ व्ययभार थपिएको भन्दै आलोचना हुँदै आएको थियो । तर, बालेन नेतृत्वको सरकारले मन्त्रालय फुटाएर खर्च बढाउनुको साटो आवश्यकताअनुसार मन्त्रालयको समायोजन गरेर प्रशासनिक संरचना सानो र चुस्त बनाउने तथा खर्च घटाउने रणनीति बनाएको बताइएको छ ।
सरकार गठनसँगै सबैभन्दा बढी चासोको विषय मन्त्री चयन हो । स्रोतका अनुसार बालेनले मन्त्री छनोट गर्दा निम्न मापदण्ड अपनाउने योजना बनाएको उनी निकट स्रोतले जानकारी दिएको छ ।
बालेन र अध्यक्ष रवि लामिछानेबीच नियमित परामर्श भइरहे पनि मन्त्रिपरिषद् गठनमा प्रत्यक्ष हस्तक्षेप नगर्ने नीति पार्टीले लिएको बताइएको छ । यसले प्रधानमन्त्रीलाई स्वतन्त्र रूपमा टिम छनोट गर्ने वातावरण मिल्ने र जिम्मेवारी पनि स्पष्ट हुने राजनीतिक वृत्तको विश्लेषण छ । रास्वपाका सहमहामन्त्री विपिन आचार्यलेले पनि मन्त्री छनोट निश्चित विधि र पद्धतिका आधारमा हुने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए





प्रतिक्रिया