आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
नुवाकोट । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावका कारण देशका पहाडी र हिमाली भूभागमा सामान्यतया बादल लागेको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा बाँकी स्थानमा आंशिक बदली रहने सम्भावना छ।
हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने मौसम विभागले जनाएको छ। साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
आज राति पनि देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। केही स्थानमा चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध
मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी





प्रतिक्रिया