सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
नुवाकोट । नुवाकोट प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार बद्री मैनालीले आफ्नो विकास प्रतिबद्धता सार्वजनिक गर्दै प्रस्तुत गरिएका सम्पूर्ण योजनामा आफूले प्रत्यक्ष पहल गर्ने घोषणा गर्नुभएको छ।

“सुरुङदेखि स्याटेलाइट सहरसम्म — दूरदर्शी सोच, समृद्ध नुवाकोट” नारासहित उहाँले नुवाकोटको समग्र रूपान्तरणका लागि व्यक्तिगत जिम्मेवारी लिने स्पष्ट अडान व्यक्त गर्नुभएको हो।
टोखा–छहरे सुरुङ मार्ग निर्माण प्रक्रियालाई तीव्रता दिन आवश्यक समन्वय, पहल र दबाब सिर्जना गर्ने काम आफूबाटै सुरु हुने मैनालीले बताउनुभयो। काठमाडौंसँगको दूरी छोट्याएर आर्थिक, शैक्षिक र स्वास्थ्य पहुँच सहज बनाउने लक्ष्यका साथ यस परियोजनालाई राष्ट्रिय प्राथमिकतामा पार्न आफूले निरन्तर पहल गर्ने उहाँको भनाइ छ।
तादी–लिखु–सिन्धुरे खोलामा कृत्रिम ताल निर्माण, ककनी–सुर्यचौर क्षेत्रमा प्याराग्लाइडिङ प्रवर्द्धन तथा दुप्चेश्वर–गोसाइँकुण्ड क्षेत्रमा केबलकार सञ्चालन जस्ता पर्यटनमुखी योजनामा पनि आफूले सम्बन्धित निकायसँग समन्वय गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। पर्यटनमार्फत स्थानीय रोजगारी र आयआर्जन बढाउने उहाँको लक्ष्य रहेको छ।
त्यसैगरी ककनी, लिखु र शिवपुरी क्षेत्रमा स्याटेलाइट ग्रामीण सहर विकासको अवधारणा कार्यान्वयन गर्न पूर्वाधार, खानेपानी, शिक्षा र स्वास्थ्य सेवामा बजेट सुनिश्चित गर्न आफूले पहल गर्ने मैनालीले बताउनुभयो। गाउँमै अवसर सिर्जना गर्ने उद्देश्यले “भिलेज आईटी पार्क” स्थापना गरी युवालाई प्रविधिमैत्री रोजगारी उपलब्ध गराउने काममा पनि आफू अग्रसर रहने उहाँको दाबी छ।
“यी सबै योजना केवल घोषणापत्रका शब्द होइनन्, कार्यान्वयनका लागि म स्वयं अग्रपंक्तिमा उभिन्छु,” मैनालीले भन्नुभयो, “दीर्घकालीन सोचसहित नुवाकोटलाई समृद्धिको नयाँ चरणमा पुर्याउन मेरो निरन्तर पहल रहनेछ।”
उहाँले मतदातालाई विकास, स्थायित्व र समृद्धिका लागि आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ
प्याकुरेल पुनः कांग्रेसमा सक्रिय
कांग्रेस सभापति गगन थापा आज नुवाकोट आउँदै
नेपाली कांग्रेस विदुरको मोटरसाईकल र्याली सम्पन्न





प्रतिक्रिया