श्रीलङ्काको भूराजनीतिक अवस्थिति र आजको सङ्क
विश्व भूराजनीतिको शृङ्खलामा आज हामी सातौं प्रस्तुतिमा आइपुगेका छौं । आजको हाम्रो विषय बङ्गालको खाडी र मलाका स्ट्रेट हो ।
यो खण्डसँग नेपाल प्रत्यक्ष जोडिएको छ । किनकि नेपालको सम्पूर्ण पारवाहन कलकत्ता बन्दरगाहबाटै भइरहेकाले नेपालमा प्रभाव परिहाल्छ नै ।
साम्राज्यवादको उदयपछि बङ्गालको खाडीको जलक्षेत्रलाई नियन्त्रण गर्नका लागि डच, फ्रेन्स, बेल्जियन, सबैको भीषण सङ्घर्ष भएको छ ।
संसारमा जलमार्गको पहिचान गर्न सबैभन्दा योगदान गर्ने पोर्तुगालीहरूको छ । धेरै स्थानसम्म पुग्ने जलमार्ग उनीहरूले नै पत्ता लगाएका छन् । यही क्रममा युरोपबाट भारत आउने जलमार्ग पत्ता लगाउने पनि पोर्तुगाली नागरिक भास्को डी गामा हुन् । पोर्तुगालीहरूले यो क्षेत्रमा श्रीलङ्कालीहरूलाई जलमार्गको केन्द्र जसरी अखडा बनाए ।
त्यसपछि यो ट्रान्जिट पइन्ट एसियाका सबैभन्दा ठूला जनसङ्ख्या केन्द्रको नजिक पनि छ । एसियाका सबैभन्दा ठूला जनसङ्ख्या पइन्ट तीनवटा छन् ।
तीनमध्ये एउटा भारतीय उपमहाद्वीप हो । यसबारेमा पछि दक्षिण एसियाली खण्डमा विस्तृतमा कुरा गर्नेछु । भारत भनेको एउटा सांस्कृतिक भूगोल हो । यो नाम अहिलेको हिन्दुस्तानले राखिदिएर हामीहरू र अरूलाई अफ्ठ्यारो भएको छ । जसरी अरब भन्नाले अरबीय उपमहाद्वीपका धेरै देशहरूलाई जनाउँछ । खासमा भारत पनि यस्तै क्षेत्र हो ।
एलेक्जेन्डरको पालामै पनि हेर्नुभयो भने भन्न चाहिँ भारत भनेको छ तर यति धेरै राजाहरू छन् । भारत यो उपमहाद्वीपको नाम हो । हो यो क्षेत्र एउटा जनसङ्ख्या केन्द्र हो ।
अर्को इन्डोनेसिया । र तेस्रो चीन ।
अब जनसङ्ख्या भनेको फेरि उपभोक्ता हो । साथमा उत्पादन पनि हो । संसारमा पैसाभन्दा पहिले बुद्धि, श्रम र स्रोत आएको हो । यी तीन कुराले पैसा निर्माण गरेको हो । ती तीन चीजमा पनि प्रकृतिसँग स्रोत हुन्छ भने बाँकी दुई चीज मानिसहरूसँगै हुने हो ।
युरोपमा औद्योगिक क्रान्ति भएपछि उनीहरूलाई बजार चाहियो । आफ्ना उत्पादनहरू बोक्ने भरियाहरू पनि चाहिए । मजदुरहरू चाहिए । त्यसका लागि भारत उनीहरूको रोजाइमा पर्यो । फेरि भारतमा सभ्यताको द्वन्द्व हेर्नुभयो भने सबै साम्राज्यवादीहरू पहिले भारत नै कब्जा गर्न हिँडेका छन् ।
सुन्दर इतिहासमा अलेक्जेन्डर ग्रेटदेखि, भास्को डी गामासम्म भारत नै ताकेर आएका हुन् । जङ्गेज खान पनि भारत नै कब्जा गर्न आएको हो । पहिलेदेखि नै जो चक्रवर्ती हुन चाहनेहरू उनीहरू भारत कब्जा गर्न आउँथे ।
इतिहासमा जहिले पनि एकअर्कालाई एकीकरण गरेर महान सम्राट भए भारतीयहरू तर अर्काको कब्जाबाट कसरी मुक्त हुने भन्ने मनोविज्ञानबाट हामीहरू कहिल्यै पार पाएनौं । यो क्रम आजसम्म जारी छ । सधैँ डिफेन्सिभ भएर बसेको छ ।
बङ्गालको खाडीको चर्चा गर्नुभन्दा पहिले हामी श्रीलङ्काको बारेमा थोरै चर्चा गर्नुपर्ने हुन्छ । बङ्गालको खाडीको भूराजनीतिक महत्व बुझ्नु अघि श्रीलङ्काको भूरानीतिक महत्व बुझ्न जरुरी छ । पोर्तुगालीहरू यो क्षेत्रमा आएपछि सबैभन्दा पहिले कब्जा गरेको स्थान हो, श्रीलङ्का । किनकि श्रीलङ्का भनेको सबैभन्दा ठूलो ट्रान्जिट पोइन्ट हो । जापानतिरबाट आउने पानीजहाज हुन् कि युरोपबाट आउनुपर्ने जहाज नै किन नहुन्, यी सबैको ट्रान्जिट पइन्ट भनेको श्रीलङ्कामै हुने हो ।
यसको यो महत्वपूर्ण अवस्थितिको कारण श्रीलङ्कालाई पहिले प्रत्यक्ष सेनामार्फत कब्जा गर्न प्रयत्न भयो । त्यसको ७०, ८० वर्षपछि पोर्चुगालीहरूलाई हराएर यो स्थान डचको कब्जामा रह्यो ।
डचहरूको अर्को रमाइलो प्रसङ्ग पनि छ । अघि माथि सबै साम्राज्यवादीहरू भारत कब्जा गर्न आएको प्रसङ्ग उल्लेख गरेँ । त्यसमै यो भन्न छुटाएँछु । डचहरूहरू पनि भारत कब्जा गर्न भन्न आएको इन्डोनेसिया कब्जा गर्न पुगे छन् । नाम राखे इन्ड डच इन्डिया । इन्डोनेसियाका सुलावासीतिर त काला मान्छे पनि छन् । अब काला मान्छे देखेपछि भारतमै आएछौं भनेर उनीहरूले त्यसको नाम डच इस्ट इन्डिया कम्पनी राखे ।
विश्वमा इन्डिया नाम भएका तीन स्थान छन् । एउटा चड इस्ट इन्डिजको प्रसङ्ग भर्खर बताए । कोलम्बस पनि भारतकै खोजीमा समुन्द्र यात्रामा थिए । उनी अमेरिकाको छेउमा रहेको टापुमा पुगेछन् । मान्छे पनि काला थिए । उनलाई पनि भारत आइपुगे भन्ने भयो । त्यसको नाम इन्डिया राखे । पछि त्यसको नाम वेस्ट इन्डिज भयो ।
अब भारत त आफैमा वास्तविक भारत भइहाल्यो, बाँकी दुई इन्डिया त्यसरी रह्यो ।
अब पुनः श्रीलङ्कामै फर्किऊँ । इन्डोनेसियालाई कब्जा गरिसकेपछि डचहरू श्रीलङ्का आएका हुन् । यसक्रममा बेलायतीहरू यता बङ्गाल कब्जा गरेर यो क्षेत्रमा आए । सन् १९१० सम्म विशाल भारतको राजधानी नै कलकत्ता नै थियो । त्यसपछि मात्र दिल्ली सारिएको हो ।
त्यति खेर साम्राज्यवादीहरूले सेना मार्फत कब्जा गरे । लामो स्वतन्त्रतावादी आन्दोलनपछि सन् १९४८ मा श्रीलङ्का स्वतन्त्र भयो । तर यसको अवस्थिति नै यसको अभिसाप भयो । स्वतन्त्रतापछि पनि यसले कहाँ सुख पायो र ? घरि तमिल उठाइदिएको छ, घरि के गरेको छ, उनीहरूले पनि इतिहासमा सास्ती भोगेका छन् ।
तमिलहरू विद्रोहीहरूलाई बसोबास नै दिएको थियो फ्रान्सले । त्यहाँ उनीहरूको ठूलो जनसङ्ख्या छ ।
आजको दिन भनेको विदेशी शक्तिहरू ‘तिम्रो सार्वभौमिकता कायम छ”, भनी भनि देश कब्जा गर्ने जमाना हो । यसरी उनीहरू आफ्ना कठपुतलीहरूलाई थपना गर्छन् ।
अब उनीहरूको रणनीति के हुन्छ भने तैँले यति कुरा पूरा गरिस् भने तेरो चुनावमा म पैसा खर्च गरिदिन्छु भन्ने । मेरो यो यो कुरा गर्छस् भने तलाई तानाशाही भइरहन म सहयोग गर्छु भन्ने ।
मध्यपूर्वका सबै तानाशाही राज्यहरूका रणनीतिक सहयात्री लोकतन्त्रको पितामह भन्ने अमेरिकाको भयो ? यसरी नै हो । अब हेर्नुस् न कतिसम्म भयो भने उसका समर्थक नभएका नभएका अरबी मुलुकहरूमा चाहिँ ‘अरब स्प्रिङ’ हुने । अनि जहाँ जहाँ उसका समर्थक छन् त्यहाँ चाहिँ ‘अरब स्प्रिङ’ नहुने । अब बुझ्नलाई यति नै काफी छ । यसरी कब्जा हुन्छ आजको दिनमा कुनै पनि देशको शासन ।
यही बाटोबाट श्रीलङ्कामा द्वन्द्व जारी छ ।
अब नयाँ शक्तिको रूपमा उदाइरहेको चीन पनि यो दङ्गलमा किन पछि पर्ने भनेर अघि आयो । त्यही दङ्गलको नजिता हो हेवनटोटा । उनीहरूले पहिले बोक्नै नसक्ने ऋण बोकाइदिए । पछि त्यो बन्दरगाह नै आफ्नो प्रयोगका लागि मागे । अहिले श्रीलङ्काले उक्त महत्वपूर्ण रणनीतिक स्थानमा रहेको बन्दरगाह चीनलाई ९९ वर्षका लागि लिजमा दिएको छ ।
बनियाँको दुनियाँमा कोही पनि मित्र हँुदैन भनेका यसैको लागि हो । तपाईं कोबाट शासित हुने भनेर छान्दा अलि कम्फर्टेबल गर्नुहुन्छ भन्ने मात्र हो ।
श्रीलङ्कालाई पहिलेदेखि भारतले आफ्नो प्रभावक्षेत्र मान्थ्यो । अब चीनको प्रभाव बढेपछि उसले आफ्नो कूटनीति चालेको छ । पछिल्लो राजनीतिक सङ्कट यिनै दुई शक्तिले आआफ्ना मित्र शक्तिलाई प्रयोग गर्दाको परिणाम हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया