पौडी खेल्न गएका रिवजको शव त्रिशुली नदिमा फेला

विदुर खबर २०८२ फागुन १५ गते १०:४७

नुवाकोट । गत फागुन ६ गते त्रिशुली नदिमा पौडी खेल्न गएका नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ५ कल्लाबारी घर भई हाल विदुर नगरपालिका वडा नं. २ बट्टार दम्कीचोकमा बस्दै आएका १५ वर्षीय रिबज तामाङको शव त्रिशुली नदीमा भेटिएको छ ।

Advertisement

साथीहरुसँग फागुन ६ गत नदिमा पौडी खेल्न गएका उनीको लामो समयदेखि खोजी भइरहेको थियो । उनको शव देविघाट जलविद्युत नजिक सिचाई पुल नजिक भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बट्टारको शुभेनियर बोर्डिङ स्कुलमा अध्ययनरत उनको खोजी स्थानिय, आफन्त, नेपाल प्रहरी, सेना र तालिमप्राप्त गोताखोरको टोली उनको खोजी गरेपनि भेटिएको थिएन ।

Advertisement

उनको शवको पोष्टमार्टमको लागि त्रिशुली अस्पताल लैजाने तयारी गरिएको छ ।

प्रतिक्रिया