तारकेश्वरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न
नु्वाकोट । तारकेश्वर गाउँपालिकाले महिलाको पाठेघरको क्यान्सर लगायत विविध स्वास्थ्य समस्याको पहिचान र उपचारका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।

शिविरमा विशेष गरी महिलाको आङ झर्ने (पाठेघर खस्ने) समस्या, पाठेघरको स्क्रिनिङ, क्यान्सर सम्बन्धी भि.आइ.ए जाँच तथा नसर्ने रोगहरूको परीक्षण गरी सामान्य समस्याको उपचार तथा परामर्श र गम्भीर समस्याको उपचारका लागि केही आर्थिक सहयोग सहित सुविधा सम्पन्न अस्पतालमा सिफारिस गर्ने सेवा समावेश गरिएको छ ।
गोर्स्याङ स्थित वडा नं ५ को स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले महिला सशक्तीकरणको अभियान चलाइरहेकाे गाउँपालिकाले महिला स्वास्थ्यको क्षेत्रमा विषेश प्राथमिकताका साथ काम गरिरहेको बताए ।

‘स्वास्थ्य नै धन हो’ भन्दै अध्यक्ष अधिकारीले स्वास्थ्य ठिक रहे मात्र आर्थिक र सामाजिक उन्नतिको दिशामा अघि बढ्न सकिने भएकाले आफ्ना स्वास्थ्य समस्याहरू नलुकाई बेलैमा परीक्षण गरेर उपचार गराउन महिलाहरूमा विशेष आग्रह गरे ।

कतिपय स्वास्थ्य समस्याको लक्षण अन्तिम अवस्थामा मात्रै देखिने र सुरुवाती चरणमै समस्याको पहिचान हुन सके उपचार सहज हुने भएकाले रोगको लक्षण कुरेर बस्न नहुने र सबै महिलाले नियमित रूपमा पाठेघरको स्क्रिनिङ गर्नुपर्ने बताउँदै गाउँठाउँमै त्यस्तो स्क्रिनिङको सुविधा उपलब्ध गराउन यो शिविर सबै वडामा क्रमशः सञ्चालन गर्दै जाने उल्लेख गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न
नुवाकोटको थानसिङमा सुमो र्दुघटना, छ जना घाइते
नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न
रास्वपा बागमतीका उपसभापति हुमागाईँ कांग्रेस प्रवेश
पूर्व अर्थमन्त्री डा. महतकाे चुनावी प्रतिज्ञापत्र सार्वजनिक





प्रतिक्रिया