राष्ट्रिय सभा निर्वाचन : बागमतीमा ९४ प्रतिशतभन्दा बढी मत खस्यो
नुवाकोट । राष्ट्रिय सभा सदस्यमा वागमती प्रदेशबाट दुई पदका लागि भएको मतदानमा ९४ प्रतिशतभन्दा बढी मत खसेको छ ।

प्रदेशसभा सदस्य १०४ मध्ये ८९ जनाले मतदान गरेका थिए । १५ जना मतदान गर्न आएनन् । स्थानीय तहका प्रमुख/उपप्रमुख /अध्यक्ष र उपाध्यक्ष २३४ मध्ये २२९ जनाले मतदान गरेका छन् । ५ जना मतदान गर्न उपस्थित भएनन् । प्रदेशसभा सदस्य र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरेर ३३८ जनाले मतदाता रहेका थिए । तीमध्ये २० जनाले मतदान गरेनन् ।
राप्रपाका प्रदेशसभा सदस्य १२ र एक जना प्रमुख गरी १३ जनाले मतदानमा भाग लिएनन् । राप्रपाका संसदीय दलका नेता उद्धव थापाले भने, ‘हाम्रो उम्मेदवार कोही पनि थिएन र कुनै दलसँग तालमेल पनि थिएन । त्यसैले निर्वाचन सहभागी भएनौं ।’
हाम्रो नेपाल पार्टीका प्रदेशसभा सदस्य २ जनाले मतदान गरेनन् भने नेपाली कम्युनिष्ट पार्टीका एक जना पनि मतदानमा सहभागी भएनन् । पालिकाहरुका शंखरापुर नगरप्रमुख रमेश नापित, दुधौली नगरप्रमुख दिनेश अधिकारी, विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओली, गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी र हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामा मतदान गर्न आएनन् ।
राष्ट्रिय सभा सदस्यका लागि बागमतीबाट दुई पदका लागि ३ महिलासहित ६ जनाले उम्मेदवारी दिएका थिए । बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको थियो ।
‘मतदानस्थलमा नै सर्वदलीय बैठक बसेपश्चात् मतगणना गर्नेछौं,’ निर्वाचन अधिकृत गीता श्रेष्ठले भनिन् । बागमती प्रदेशका लागि हेटौंडा उपमहानगरपालिका-४ भुटनदेवी माविमा मतदानस्थल राखिएको थियो ।
कांग्रेसबाट महिला कोटामा गीता देवकोटा, नेकपाकी सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन उम्मेदवार छन् । अन्य समूहबाट एमालेबाट प्रेमप्रसाद दंगाल, नेकपाबाट प्रेमप्रसाद सापकोटा र नेमकिपाबाट विक्रम डुकुछुले उम्मेदवारी दिएका छन् । यहाँ काग्रेस र एमालेले तालमेल गरेर उम्मेदवारी दिएका हुन् ।
प्रदेशसभा सदस्य एक जनाको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १९ मतभार रहनेछ । बागमती प्रदेशसभामा कांग्रेसको ३६ सिट छ भने स्थानीय तहमा प्रमुख तथा उपप्रमुख गरी १०७ सिट छ । यस्तै, एमालेको प्रदेशसभामा २५ सिट र स्थानीय तहमा ५९ सिट, तत्कालीन माओवादी केन्द्रको प्रदेशसभामा २० र स्थानीय तहमा ५६ सिट, राप्रपाको प्रदेशसभामा १२ र स्थानीय तहमा १ सिट छ ।
यस्तै, तत्कालीन नेकपा एकीकृत समाजवादीको प्रदेशसभामा ६ र स्थानीय तहमा ९ सिट, नेमकिपाको प्रदेशसभामा ३ र स्थानीय तहमा २ सिट तथा हाम्रो नेपाली पार्टीको प्रदेशसभामा २ सिट र स्थानीय तहमा १ सिट रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया