रास्वपाले उठाएका उम्मेदवारमध्ये ४० प्रतिशत ४० वर्षमुनिका
नुवाकोट ।आसन्न निर्वाचनका लागि रास्वपाले सार्वजनिक गरेको उम्मेदवारको सूचीमा युवाहरूको सहभागिता उल्लेख्य देखिएको छ।
रास्वपाका कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म तय भएका १६४ उम्मेदवारमध्ये झण्डै ४० प्रतिशत उम्मेदवार ४० वर्ष मुनिका छन्। रास्वपाले उठाएका ४० वर्षमुनिका ६५ उम्मेदवारमध्ये ९ जना मात्रै महिला छन्।
रास्वपाको तथ्याङ्कअनुसार ६५ जना उम्मेदवार ४० वर्षमुनिका छन् भने ९९ जना उम्मेदवार ४० वर्षभन्दा माथिका रहेका छन्। पार्टीले युवा र नयाँ अनुहारलाई प्राथमिकता दिने नीति अनुरूप उम्मेदवारको छनोट गरिएको दाबी गरेको छ।
निर्वाचन आयोगका अनुसार ३० वर्षमुनिका १७ जना युवाहरू रास्वपाबाट चुनावी मैदानमा उत्रिने भएका छन्। जसमा सबैभन्दा कम उमेरका २५ वर्षीय दुई जना उम्मेदवार रहेका छन्। रास्वपाबाट मकवानपुर–२ का उम्मेदवार प्रशान्त उप्रेती र मुगुका उम्मेदवार भुवन टम्टा दुवै २५ वर्षका छन्।
सबैभन्दा पाका उम्मेदवार ६५ वर्षका रहेका छन्। सप्तरी–४ मा रास्वपाबाट ६५ वर्षका सिताराम शाहले उम्मेदवारी दिएका छन्।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शुक्रवारदेखि नेपालमा वर्षा हुने
रेशम चौधरीको उम्मेदवारी खारेज
रास्वपाले उठाएका उम्मेदवारमध्ये ४० प्रतिशत ४० वर्षमुनिका
नुवाकोटमा दुई सिटका लागि ३१ जनाको उम्मेदवारी दर्ता
इजाजत प्राप्त हतियार माघ २० गतेभित्र बुझाउन नुवाकाेट प्रशासनको आग्रह





प्रतिक्रिया