काठमाडौंका मेयर बालेनले दिए राजीनामा
विदुर खबर
२०८२ माघ ४ गते १६:११
नुवाकोट । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् ।

मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । डंगोलले उनकाे राजीनामा अाएकाे बताइन् ।
उनी केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय पुग्दैछन् । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड छ ।
दिउँसो १ बजे नै पुग्ने भनिए पनि उनी राजीनामा लगायतका विषयमा दोधारमा परेपछि केहीबेर ढिलो भएको थियो । रास्वपा प्रवेश गरेर बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । हाल उनी रास्वपाका वरिष्ठ नेता हुन् ।
रास्वपा कार्यालयमा बालेनलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । लगत्तै, उनी आजै जनकपुर जाने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटको तादी खोलामा एक्रो बेलीब्रिज निर्माण तीव्र
नुवाकोटमा वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई राहत सामग्री वितरण गरिने
देवीघाटमा तुइन सञ्चालन, स्थानीयलाई राहत
‘बाढीले तारकेश्वरमा बस्ती नै सार्नुपर्ने छ, सरकारले पठाएको चाउचाउले केही हुँदैन’
त्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार





प्रतिक्रिया