माघ पहिलो साता मेयर बालेनले राजीनामा दिने
नुवाकोट । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राजीनामा दिने भएका छन् ।

उनी राजीनामा दिने वा मेयर पदमा बसेर राजनीतिक यात्रा जारी गर्ने भन्ने विषयमा लामो छलफलपछि राजीनामा दिएर चुनावमा होमिन लागेका हुन् । उनी माघ पहिलाे साताभित्र मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन् । कामपा स्रोतका अनुसार सकेसम्म २ वा ४ गते नै राजीनामा दिने तयारीमा छन। राजीनामा दिने मुड बनाएका मेयर साहले काठमाडांै वा झापाको कुनै एक निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन ।
‘राजीनामा दिने लगभग निश्चित भएपछि माघ २ गते हुने भूकम्प सुरक्षा दिवसमा उनले सहभागिता नजनाउने स्रोतको भनाइ छ । खुला मञ्चमा आयोजना हुने भूकम्प सुरक्षा दिवसको आयोजक काठमाडौं महानगरपालिका हो । आयोजक संस्थाका प्रमुखले कार्यक्रमको अध्यक्षता गर्नुपर्छ । मेयर साहले राजीनामा दिने भएपछि उक्त दिवसमा उहाँको उपस्थिति नरहने भएको हो ।
त्यसै गरी मेयरको टिमले कामपा छाड्ने भएपछि सचिवालयले प्रयोग गरेका सबै सामग्री फिर्ता गर्ने प्रक्रिया अघि बढेको छ । ‘मेयर साबले केही लग्नुभएको छैन होला, लगेका सबैले सामग्री फिर्ता गर्नैपर्छ’ –कामपा स्रोतले भन्यो । सोही आधारमा सचिवालयले जिन्सी शाखाबाट सचिवालयका सदस्यले प्रयोग गरेका सामग्रीको लिस्ट मागिसकेको छ । लिस्टको आधारमा फिर्ता गर्ने सबै सामग्री तयारी अवस्थामा राखिएको छ । सचिवालय अन्तर्गत करिब आधा दर्जन सहयोगी छन् । सचिवालयका सदस्यले नै आन्तरिक रूपमा कामपाका सबै विभाग चलाइरहेका छन् ।
उता, महानगर छाड्ने भएपछि विभागीय जिम्मा लिएका सचिवालय सदस्यले विभिन्न विभागमा पुगेका फाइल स्वीकृत गर्न दबाब दिएका छन् । स्रोतका अनुसार धेरैजसो सम्पदा, वातावरण, सहरी विकास, सार्वजनिक निर्माण विभागको फाइल स्वीकृत गर्न दबाब दिइरहेका छन् । सम्भवतः माघ पहिलो साताबाट आचारसंहिता लागू हुने भएपछि त्यसअघि नै फाइल स्वीकृत गर्नुपर्र्ने दबाबमा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी छन् । मेयर सचिवालयबाट फाइल स्वीकृत गर्न दबाब दिने निश्चित भएपछि कर्मचारी सशंकित भएका छन् ।
उनी निकटका केही शुभचिन्तकले काठमाडौं महानगरको मेयरको बलियो हैसियत बनाएका काठमाडौंबाटै चुनावमा उठ्न सचेत गराएका छन् । केपी ओलीको निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन व्यग्र प्रतीक्षामा रहेका मेयर साहले आइतबार ललितपुरको ज्वागलस्थित कार्यालयमा झापाका अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग भेटवार्ता भएको थियो ।
मेयर साहभन्दा पनि सचिवालयको हस्तक्षेपका कारण कर्मचारी काम गर्न त्रसित भएका थिए । जानुअघि फाइल स्वीकृत गर्न सचिवालयका सदस्यले विभिन्न विभागीय प्रमुखलाई निरन्तर दबाब दिन थालेका छन् । ‘हामीलाई अबको एक साता कसरी टिक्ने भन्ने चिन्तामा छ’ –एक कर्मचारीले भने । ती कर्मचारीका अनुसार सचिवालय र सहायक विज्ञका नाममा भर्ना भएका मेयरका निकटले विभागीय प्रमुखलाई फाइल स्वीकृत गर्ने दबाब आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने
माघ पहिलो साता मेयर बालेनले राजीनामा दिने
कांग्रेसमा नयाँ नेतृत्व छान्दा पार्टी फुट्ने डर
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु





प्रतिक्रिया