देशभर २३ हजार ११२ मतदान केन्द्र तोकियो
विदुर खबर
२०८२ पुष १२ गते २१:०२
नुवाकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदानस्थल र मतदान केन्द्र निर्धारण गरिएको छ।

निर्वाचन आयोगले शनिबार पुस ९ गते मतदानस्थल तथा केन्द्रको संख्या टुंगो लगाएको हो। आयोगका अनुसार देशभर कुल १० हजार ९६७ मतदानस्थल तोकिएका छन्। ती मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र रहनेछन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा यस निर्वाचनमा वि.सं.२०७९ को निर्वाचनको तुलनामा मतदानस्थल ७५ ले वृद्धि भएको र मतदान केन्द्रको संख्या ८८५ ले बढेको जानकारी दिइएको छ।
यसैबीच, आयोगले शनिबारै मतदाताको अन्तिम नामावली पनि प्रकाशन गरेको छ। आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकहरूको विवरण अद्यावधिक गरी अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको आयोगले जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









भोटेकोशी बाढीपीडितहरूको हकहित र न्यायका लागि बेत्रावतीमा साझा सरोकार समिति गठन
दुप्चेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा पञ्चकन्याका कार्कीको निधन
पुनर्निर्माणको पर्खाइमा त्रिशूली र देवीघाट जलविद्युत गृह
विदुर–१० भैँसेदेखि तुप्चे जोड्ने मार्गमा ह्युम पाइप राख्ने कार्य सुरु
बेलकोटगढीका वडा अध्यक्ष भुजेल रास्वपा प्रवेश, कांग्रेसमा हलचल





प्रतिक्रिया