एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
नुवाकोट । एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
लक्ष्य भेटाउन काठमाडौंका बेन चार्ल्सवर्थले ४६, आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जोन सिम्पसनले १३ रनको योगदान गरे ।

जनकपुरका किशोर महतो, अनिल साह, ललित राजवंशी र निकोल लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक/एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको थियो । जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए । मयन यादवले ३४ र लाहिरु समारकूनले २२ रन बनाए । अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
काठमान्डौंका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करणा केसीले एक/एक विकेट लिए ।
एनपीएलको इतिहासमा पहिलोपटक फ्लडलाइटमा खेल भएको हो । अन्य खेलहरु पनि दिनमा र रातमा हुनेछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
एनपीएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै
बागमती प्रदेश सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण
नेपाली कांग्रेसको १५ औं महाधिवेशन र वर्तमान राजनीतिको यथार्थ
निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज





प्रतिक्रिया