नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
		
	नुवाकोट । विराटनगरबाट काठमाण्डौतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार एक युवकलाई लागुऔषधसहित पक्राउ गरिएको छ।

जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गा स्थित चेकपोइन्टमा मंगलबार बिहान करिब ७:३० बजे चेकजाँचको क्रममा सुनसरी इटहरी उपमहानगरपालिका–८ बस्ने २५ वर्षीय फैजल अन्सारीलाई नियन्त्रणमा लिइएको हो।
लागुऔषध नियन्त्रण ब्युरो, नागढुङ्गा शाखा र प्रहरी टोलीले संयुक्त रूपमा गरेको चेकजाँचका क्रममा अन्सारीले लगाएको पाइन्टको खल्तीमा सेतो प्लास्टिकले बेरिएको अवस्थामा खैरो हिरोइन (ब्राउन सुगर) जस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्लास्टिक हटाई तौल गर्दा सो पदार्थको शुद्ध तौल १० ग्राम रहेको थियो। प्रारम्भिक सोधपुछमा अन्सारीले उक्त पदार्थ आफूले सेवनका लागि ल्याएको बताएको प्रहरीले जनाएको छ।
उनीसहित बरामद लागूऔषध थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया