१० केजी गाँजासहित एक जना पक्राउ

विदुर खबर २०८२ कार्तिक १८ गते ८:४०

नुवाकोट । जिल्ला प्रहरी कार्यालय उदयपुरको मातहतमा रहेको प्रहरी चौकी अम्वासीले आइतबार प्रतिबन्धित गाँजासहित एक जनालाई बेलका १ अम्बासी गाउँबाट पक्राउ गरेको छ ।

Advertisement

  बेलका नगरपालिका वडा न १ आम्बासी स्थित रुपनगर—चतारा—नडाह सडक खण्डमा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा १० केजी २३० ग्राम प्रतिबन्धित लागू औषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

   उदयपुरको बेलका नपाको रामपुरबाट फत्तेपुरतर्फ जादैँ गरेको को २ ह ४२४६ नंं को अटोलाई चेकजाँच गर्ने क्रममा अटोको पछाडि लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको लागू औषध फेला परेको हो ।

Advertisement

अटो चालक बेलका नगरपालिका वडा नं ९ रामपुर बस्ने वर्ष ३२ को बल बहादुर बि.क. र अटोलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया