भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ

विदुर खबर २०८२ कार्तिक ९ गते १५:०४

नुवाकोट । भारतले राजधानी नयाँ दिल्लीमा कृत्रिम वर्षाका लागि पहिलोपटक ‘क्लाउड सिडिङ’ परीक्षण सञ्चालन गरेको छ ।

Advertisement

दिपावलीको अवसरमा अत्यधिक पटका पड्काएका कारण दिल्लीको वायुमण्डलमा जमेको घातक धुवाँको प्रदूषण हटाउन कृत्रिम वर्षा गराउनका लागि पानी पार्ने बादल बनाउन विमानमार्फत रासायकिन प्रक्रिया परीक्षण गरिएको हो ।

विशेषतः नुन वा अरू रासायनिक पदार्थ बादलमा ‘फायर’ गर्ने प्रक्रियालाई क्लाउड सिडिङ भन्ने गरिन्छ । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी कानपुरसँगको सहकार्यमा दिल्लीको उत्तरी क्षेत्र बुराडीमा सेस्ना विमानबाट क्लाउड सिडिङको परीक्षण गरिएको हो । यो क्लाउड सिडिङले काम ग¥यो भने ढिलोमा एक साताभित्र वर्षा हुनसक्ने छ ।

Advertisement

तीन करोडभन्दा बढी जनसंख्याको शहर नयाँ दिल्लीलाई संसारकै सबैभन्दा प्रदूषित राजधानीमा पर्दै आएको छ ।

दिल्ली आसपासका हरियाणा, पञ्जावलगायतका राज्यहरुमा धानबाली भित्र्याएपछि परालमा आगो लगाउने चलनका कारण पनि दिल्लीको वायुमण्डल धुवाँले ढाकिने गरेको छ ।क्लाउड सिडिङ कृत्रिम वर्षाका लागि मात्रै नभएर संभावित वर्षा रोक्न पनि प्रयोग गर्ने गरिएको छ ।

Advertisement

प्रतिक्रिया