छैटौँ देउराली अर्चले कपकाे उपाधी न्यु भिजनले उचाल्यो

विदुर खबर २०८२ कार्तिक ६ गते ११:२३

नुवाकाेट । नुवाकोटको बेलकाेटगढीस्थित अर्चलेमा जारी छैटौं देउराली अर्चले कप फुटवल प्रतियाेगिता २०८२ को उपाधी न्यु भिजन युवा क्लबले हात पारेको छ।

Advertisement

मंगलबार भएकाे फाइनलमा आयोजक कन्चना देउराली युवा क्लब लाई १–० को अन्तरले पराजित गर्दै न्यु भिजन युवा क्लबले उपाधिमाथि कब्जा जमाएकाे हाे ।

न्यु भिजनलाइ उपाधि दिलाउन निर्माण तामाङले गरेको गोल नै निर्णायक बन्याे । प्रतियाेिगताकाे उपाधि बिजेता न्यु भिजन युवा क्लबले एक लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेकाे छ भने उपविजेता बनेकाे कन्चना देउराली युवा क्लबले ५० हजार रूपैयाँसहित मेडल,ट्रफी , प्रमाणापत्र पायाे ।

Advertisement

प्रतियाेिगतामा अायाेजक कन्चना देउराली युवा क्लबका गोलकिपर सुबर्ण बानियाँ उत्कृष्ट गोलरक्षक बन्न सफल भए भने, कन्चनाका समुन्द्र थापा मगर उत्कृष्ट खेलाडी घोषित भए। यस्तै, प्रतियोगिता धेरै गोल गर्दै न्यु भिजनका निर्माण तामाङ नै सर्वाधिक गोलकर्त्ता (Top Scorer) बन्न सफल भए।

प्रतियोगिताकाे विजेता र उप-विजेताहरूलाइ बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक लामाले पुरस्कार तथा ट्रफी प्रदान गरे ।

Advertisement

प्रतियाेिगताकाे समापन कार्यक्रममा पूर्व गाविस अध्यक्ष इन्द्र बहादुर लामा, काँग्रेेस नेता जयराम दाहाल, बेलकाेटगढी नगर कार्यपालिका सदस्य गमला लामासहित आयाेजकका तर्फबाट नारायण नेपाल,अमृत नेपाल,प्रदिप नेपाल,प्रशन्न थिङ तेजनाथ खतिवडा लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा प्रतियोतिाका संयोजक प्रशन्न थिङले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि क्लबले निरन्तर फुटवल प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया