‘पूर्ण रुपमा चिनी त्याग्नु मेरो ठूलो गल्ती थियो’

विदुर खबर २०७४ फागुन १४ गते १२:२३

हामी मधुमेहबाट भयभित छौं । मधुमेह भन्नसाथ हामी चिनी वा चिनीजन्य खानेकुराको कारण भएको ठान्छौं । नेपाली समाजमा मधुमेहलाई ‘चिनी रोग’ समेत भनिन्छ ।

Advertisement

अहिले स्वास्थ्यप्रति सचेतले आफ्नो खुराकमा चिनीको मात्रा घटाएका छन् । चिनी धेरै खायो भने रोग लाग्छ भन्ने व्याप्त मान्यता छ । चिनीमा सुक्रोज हुन्छ, र यसले मोटोपन एवं टाइप- २ डाइबिटिजको खतरा बढाउँछ ।

अतः यसै सन्दर्भमा बीबीसी सेवामा कार्यरत एक भारतिय संचारकर्मीले चिनी पूर्ण रुपमा त्याग गरेपछि त्यसको असर कस्तो रह्यो भन्ने सन्दर्भमा अनुभव शेयर गरेकी छिन् । राधिका संघनले स्वास्थ्य रहनका लागि चिनी पूर्णत त्याग गरेकी थिइन् । दुई महिनाभन्दा बढी समय उनले कुनैपनि चिनीजन्य खानेकुरा खाइनन् । त्यसपछि के भयो ? सुनौं, उनको अनुभव ।

Advertisement

चिनी छाडेपछि

मैले एक महिनादेखि चिनी चाखिन यो मलाई नराम्रो लाग्थ्यो ।

Advertisement

यसअघि म हरेक दिन कम्तीमा एक पटक केहि न केहि मीठाई खाने गर्थें । अब मेरो जिन्दगी पूर्ण रुपले ‘शुगर फ्री ‘ भयो ।

मलाई लाग्छ कि, म त्यो मानिस हुँ, जसको दैनिक खुराकमा कम्तीमा १५ चम्चा चिनी सामेल हुन्छ । विश्व स्वास्थ्य संगठन -डब्ल्युएचओ)का अनुसार दिनमा केवल ६ चम्चा चिनी मात्र लिनुपर्छ ।

सन्देह छ कि, एक सोडा क्यानमा नौ चम्चासम्म सुगर हुनसक्छ । यी आँकडालाई सोचेर मैले आफ्नो स्वास्थ्यका लागि इन्टरनेटमा सर्च गर्न थालें ।

इन्टरनेटमा मैले पाएँ कि, जानकार एवं न्युटि्रशनिस्टले खानामा चिनी लिन नहुने वाकलत गरेका थिए । हलिउड स्टार ग्विनेथ पैल्ट्रो, सारा विल्सन जस्ता लेखक र सामान्य मानिसले इन्टाग्राम एकाउन्टमा चिनी प्रयोग गर्न छाडेको कुरा शेयर गरिरहेका थिए ।

उनीहरुको भनाई स्पष्ट थियो, ‘चिनी कम खानुहोस् । यसलाई पूर्ण रुपमा जिन्दगीबाट हटाइदिनुहोस् ।’

तब, मैलें यो चुनौती स्विकार गरें ।

प्रयोगको सुरुवात

पहिलो १५ दिन मैले एक किशोरीले जस्तै नराम्रो मुड स्विङको सामाना गरें । लगातार टाउको दुख्यो, जस्तो स्थायी ह्याङओभर हुन्छ । मलाई बेचैनी बढ्यो । मलाई कराउन मन लाग्थ्यो ।

यस्तो अवस्थामा मलाई केवल एउटै कुराले शान्त तुल्याउँथ्यो, मिठो स्वादको केरा ।

तीन हप्तापछि मेरो टाउको दुख्ने समस्य हट्यो । मलाई सामान्य लाग्न थाल्यो ।  अब अगाडि केक वा कुनै मिठाई देखिए, त्यसलाई म सजिलै अस्विकार गर्न सक्ने भएँ ।

तर, रातको ११ बजे म आफ्नो भान्सामा ईस्टर एग्स खोजिरहेकी हुन्थे ।

पहिले मलाई खानेकुरामा उति चिन्ता थिएन । अब भने के खाने, के नखाने भनेर निकै सोचबिचार गर्नुपर्ने भएको छ । कसैको जन्मदिनको समारोहमा पनि आनन्द आउँदैन । म त्यहाँ पानी पिइरहेकी हुन्थे, अरु वाइन पिइरहेका हुन्थे ।

मेडिकल सल्लाह

दुई महिनापछि मेरा सहकर्मी एक कुरामा सहमत थिए, मेरो सनक एकदम बढ्न थालेको छ ।

म एक विशेषज्ञकहाँ गएँ । मैले किन चिनी पूर्णत त्यागें भन्ने कुरा उनलाई स्पष्ट पार्न सकिन ।  एक प्रश्नमा मेरो गल्ती थाहा भयो, ‘तिमीलाई कसले भन्यो कि पूर्ण रुपमा चिनी छाड ।’

सन्तुलित आहार

तब मैले महसुष गरें कि, कुनै वैज्ञानिक अध्ययन भएको छैन कि, जसले यो सिफारिस गर्छ । यो नामी व्यक्ति वा इन्टरनेटमा आम व्यक्तिको सल्लाह थियो ।

चिकित्सकले मलाई भने, दाँतको स्वस्थय एवं तौल नियन्त्रणका लागि चिनीको मात्रा नियन्त्रण गर्नु फाइदाजनक हुन्छ । तर, यसलाई पूर्ण रुपले छाड्नु सहि होइन । पूर्ण रुपले चिनी त्याग गर्नु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । चिकित्सकले भने, ‘न धेरै, न थोरै । ठिक्क लिनुपर्छ ।’ जस्तो कि मलाई छैठौं कक्षामा शिक्षकले भनेका थिए, ‘सन्तुलित खानेकुरा खानुपर्छ ।’

प्रतिक्रिया