इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका छन्। बन्धकहरु सोमबारदेखि रिहाइ गर्ने तयारी गरेको छ ।

“यसको अर्थ अब सबै बन्दीहरू चाँडै मुक्त हुनेछन् । इजरायलले आफ्नो सेना सहमतिको रेखासम्म फिर्ता गर्नेछ,” ट्रम्पले बिहीबार बिहान आफ्नो ‘ट्रुथ सोसल’ मा लेखेका छन् । इजरायल र हमासबीच सोमबारदेखि इजिप्टमा वार्ता भइरहेको थियो ।
बुधबारको वार्तामा अमेरिकी बिशेष दुत र कतारी प्रधानमन्त्री सहितको सहभागिता थियो । अमेरिका, इजिप्ट र कतारका मध्यस्थतामा इजिप्टको शर्म एल–शेखमा भएको वार्तामा गाजामा युद्धविराम गर्ने सहमति भएको हो । वार्ता सफल भए लगत्तै ट्रम्प आउँदो केही दिनभित्र मध्यपूर्व यात्रा गर्ने तयारीमा छन् ।
इजरायल सरकारको मन्त्रिपरिषद्ले पहिलो चरणको योजनालाई बिहीबार पारित गरे लगत्तै युद्धविराम हुनेछ । इजरायली प्रधानमन्त्री वेञ्जामिन नेतान्याहुले इजरायलको लागि महत्वपूर्ण दिन भएको बताए । उनले चाँडै बन्धकहरू घर फर्किने अपेक्षा समेत गरे।
एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार इजरायली सरकारले स्थानीय समय करिब दिउँसो २ : ०० बजे युद्धविराम गर्न स्वीकृति जनाउनेछ ।

त्यसपछि पहिलो पाँच दिनका लागि इजरायलले दैनिक ४०० राहत ट्रक गाजामा प्रवेश गर्न अनुमति दिनेछ । यो संख्या पछि चरणगत रूपमा बढाइनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया