नुवाकोटको ढुङ्गेमा बसभित्रै एक युवक मृत अवस्थामा भेटिए
विदुर खबर
२०८२ असोज २० गते १८:५८
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा बसभित्रै एक युवक मृत अवस्थामा भेटिएका छन् ।

मृत अवस्थामा भेटिनेमा विदुर नगरपालिका वडा नम्बर ९ लामाटारका २५ वर्षिय अमृत विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
सोमवार दिउँसो साढे तीनबजेतिर विदुर–१ ढुङ्गेबाट नुवाकोटको किस्पाङतर्फ जादै गरेको प्रदेश ३ ०१ ००५ ख ९४६५ नम्बरको बसको सिटमा उनी अचेत अवस्थामा फेला परेका थिए ।
अचेत अवस्थामा फेला परेका उनलाई उपचारको लागि त्रिशुली अस्पताल लगेकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
घटनाको प्रारम्भिक अनुसन्धान गर्दा मृतक विश्वकर्माले अत्याधिक मात्रामा लागुऔषध सेवन गरेको अस्पतालको कागजातबाट देखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया