धादिङमा छोराले आमाको हत्या गरे
विदुर खबर
२०८२ असोज २० गते १६:१२
नुवाकोट । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीमा छोराले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु भएको छ।

आइतबार राति करिब ९ बजे गोपबहादुर कडेलका ३० वर्षीय छोरा यमबहादुर कडेलले आफ्नी आमा ५५ वर्षीया राममाया कडेलमाथि धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।
घटनाबारे जानकारी प्राप्त लगत्तै प्रहरी चौकी सल्यानकोटबाट प्रहरी सहायक निरीक्षक दिनेश खड्काको कमाण्डमा टोली खटिएको थियो। प्रहरीले घटनास्थलमै छोरालाई हतियारसहित नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वास्थ्य बिमा संकटमा: सेवा कटौती
गगन थापाको राजीनामा अस्वीकृत
जसरी भए पनि अर्ली इलेक्सन गर्ने दाउमा एन्फा
आज यी प्रदेशमा चट्यांगसहित वर्षा र हिमपातको सम्भावना
सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो





प्रतिक्रिया