दसैँ मनाउन राजधानीबाट गाउँ फर्किनेको चहलपहल सुरु
विदुर खबर
२०८२ असोज ४ गते १५:२५
नुवाकोट । दसैँ नजिकिँदै जाँदा राजधानीबाट गाउँघर फर्किनेहरूको चहलपहल बढ्न थालेको छ ।

नयाँ बसपार्कसहितका स्थानमा यात्रुहरूको भीड देखिन थालेको छ । काम र पढाइका सिलसिलामा राजधानीमा बस्नेहरू दसैँ मनाउन घर फर्किन थालेका हुन् । यद्यपि, यसपालि यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ खुला नगरेकाले घटस्थापनाअगाडिदेखि नै मानिसहरू घरतर्फ लागेका छन् ।
जेनजी आन्दोलनका कारण राजनीतिक परिस्थितिले अधिकांश विद्यालय र क्याम्पसहरू बिदा भएकाले विद्यार्थीहरू पनि घर फर्कन थालेका छन् । विगतका वर्षहरूमा अग्रिम टिकट बुकिङ हुने गरे पनि यसपटक नभएको यातायात व्यवसायीहरूले जनाएका छन् ।

ट्राफिक प्रहरीले फूलपातीदेखि टीकासम्म यात्रुहरूको भीड राजधानी बाहिरिने गरेको बताएको छ । यस वर्ष टीका असोज १६ गते परेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया