यूएईले नेपालीलाई वर्किङ भिसा पनि रोक्यो
		
	नुवाकोट । संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ ।

एनआरएनए यूएईका अनुसार हाल यूएईले भिजिट÷वर्किङ दुवै भिसा बन्द गरेको छ ।
हालको नेपालको अवस्थालाई मध्यनजर गरेर वर्किङ भिसा पनि बन्द भएको हुनसक्ने आँकलन एनआरएनए यूएईले गरेको छ । तर नेपाली दूतावासलाई यूएई पक्षले केही पहिलेनैदेखि बेथिति बढेको जनाउ दिँदै नेपालीलाई रोक लाग्न सक्ने चेतावनी दिँदै आएको थियो । परराष्ट्र मन्त्रालयका सूचना अधिकारी उद्धव न्यौपानेले भिजिट र वर्किङ भिसा बन्दबारेमा मन्त्रालयलाई आधिकारिक जानकारी नआएको बताए ।
यस्तै वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराईले पनि आफूलाई श्रम स्वीकृति बन्द भयो भनेर लिखित रुपमा कुनै सूचना नआएको जानकारी दिए । यसबारे कुनै आधिकारिक जानकारी नगराए पनि दुबईले नेपालीहरूलाई सोमबारदेखि भिजिट भिसा अर्थात् घुम्न वा भ्रमणमा जाने भिसा दिन छाडेको हो ।
भिजिट भिसाको नाममा फ्रिल्यान्सर र भिजिट भिसा भन्दै ठग्ने बिचौलियाहरूको ठगी धन्दा मौलाएका थिए । अबुधाबीस्थित नेपाली दूतावासले यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ ।
तर भिसा टाइपिङ गर्ने क्रममा आवेदन दिन नसकेको तथा पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको दुबई र नेपालस्थित विभिन्न कम्पनीहरूले जनाएका छन् । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मानिने यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत रहेको बताइन्छ ।
किन बन्द ग¥यो भिजिट भिसा ?
–नेपालीहरू भिजिट भिसामा जाने अनि उतै काम खोजेर बस्ने
–यसलाई युएईले सुरक्षा चुनौतीका रूपमा लिएकाले
–यस्तै युएईलाई ट्रान्जिट बनाएर युरोप, अमेरिका जाने गरिएको थुप्रै नेपाली ठगिने गरेको
–भदौ २४ गतेको प्रदर्शनका कारण जेलबाट कैदीबन्दी भागेको र युएई आउन सक्ने आँकलन पनि युएइले गरेको

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 













बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन





प्रतिक्रिया