बाग्मतीका सभामुख पाठकले दिए राजीनामा
विदुर खबर
२०८२ असोज १ गते १७:४७
नुवाकोट । बाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् ।

सभामुख पाठकले उपसभामुख अपसरा चापागाईंसमक्ष राजीनामा बुझाएका हुन् । राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बस्न अनुचित हुने भन्दै उनले राजीनामा दिएका हुन् ।
उनले उपसभामुख चापागाईंलाई लेखेको पत्रमा लेखिएको छ, ‘भाद्र २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरेँ । तर प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल भएन ।

आज नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम प्रदेशसभाको सभामुख पदबाट राजीनामा गरेको छु ।’ पाठक राप्रपाबाट बाग्मती प्रदेशसभामा निर्वाचित भएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया