तलब भत्ता नलिने ऊर्जामन्त्री घिसिङको घोषणा
विदुर खबर
२०८२ भदौ  ३० गते २२:१८
	
		
	नुवाकोट । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्।

उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्। सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले भने, ‘म प्राप्त हुने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्नेछु।’
उनले आफ्नो भूमिकालाई सेवा भावले लिने प्रतिबद्धता जनाउँदै सरकारको नाममा पाइने विशेष सुविधाहरू त्यागेका छन्।
साथै, उनले ‘मन्त्री हुँ भनेर ‘माननीय’भन्ने चलनबाट टाढा रहन चाहन्छु भन्दै सो सम्बोधन प्रयोग नगर्न आग्रह समेत गरेका छन्।

मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय समेत गरेका छन् ।
Advertisement
	
	
	
        
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 













बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन





प्रतिक्रिया