असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

विदुर खबर २०८२ भदौ ३० गते २२:१०

नुवाकोट । सरकारले १ असोजमा शोक दिवस मनाउने निर्णय गरेको छ ।

Advertisement

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

त्यस्तै असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ ।

Advertisement

उनका अनुसार जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ ।

ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

Advertisement

२३ र १४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका थिए । जसमध्ये देशका विभिन्न अस्पतालमा २८३ जना घाइतेहरू उपचाररत छन् ।

अन्य भने निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया