दुबईमा नेपालीलाई भिजिट भिसा बन्द
नुवाकोट । संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालीलाई भिजिट भिसा जारी गर्न सोमबारदेखि अस्थायी रूपमा रोक लगाएको छ ।

युएईले यसबारे सार्वजनिक सूचना जारी गरेको छैन । तर भिसा सेवा प्रदान गर्ने प्रदायक संस्थाहरूले दिइएको आवेदन लिन छाडेको छ । आवेदन पेस गर्ने बेला युएईले नेपालीको लागि अस्थायी रूपमा आवेदन लिन रोकेको सूचना दिन थालेको हो ।
भदौ २४ गतेको प्रदर्शनमा तोडफोड,आगजनी र लुटपाट गर्नेमाथि सरकारले अनुसन्धान गरी कारबाही गर्ने र जेलबाट फरार भएको खबर सार्वजनिक भएपछि युएईले भिजिट भिसाको निवेदन लिन छाडेको हो । नेपालबाट सबैभन्दा बढी भिजिट भिसा लिई जाने देश युएई हो ।
युएईको लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा बन्द गरेको सूचना औपचारिक रूपमा आइनसकेको बताए । ‘भिसा बन्द गरेको सूचना नेपालीबाट पाएका छौँ । तर, औपचारिक रूपमा आइसकेको छैन । हामी यसबारे सोधखोज गर्नेछौँ,’ उनले भने ।

पछिल्लो समयमा भिजिट भिसा लिई रोजगारी खोज्न जाने नेपालीको संख्या निकै छ । भिजिट भिसामा गई रोजगारी नपाउने र ओभरस्टे हुनेको संख्या बढ्न थालेको विषयलाई युएईले आफ्नो नोटिसमा राखेको थियो ।
युएईमा भिजिट भिसामार्फत रोजगारी भिसामा परिवर्तन गर्ने नेपालीको संख्या तीन लाख रहेको नेपाली दूतावासले जनाएको छ ।
हाल युएईमा ८ लाख नेपाली कार्यरत छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया