धादिङमा तीन प्रहरी चौकी पुन:स्थापना
नुवाकोट । जिल्ला प्रहरी कार्यालय फर्काइएका धादिङका ११ प्रहरी चौकीका प्रहरीलाई पुन: चौकीमा पठाउन थालिएको छ ।

जेनजी समूहको प्रदर्शनका कारण सुरक्षाकर्मी स्वयं असुरक्षित बन्न थालेपछि धादिङका विभिन्न प्रहरी चौकीबाट प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता गरिएको थियो ।
अवस्था सामान्य बन्दै गएको भन्दै पुनः जिल्ला सुरक्षा समितिको बैठकले उनीहरुको पुन:स्थापना थालिने निर्णय शुक्रबार गरेपछि शनिबार तीमध्ये सदरमुकाम धादिङबेंसीको पुछारबजारमा रहेको चौकी, गल्छी चौकी र महादेवबेंसी चौकी पुन:स्थापना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, जिल्ला प्रहरी प्रमुख र अनुसन्धान प्रमुखसहितको टोली स्वयं चौकी पुगेर स्थानीयको सहायतामा प्रहरीको पुन:स्थापना गरेको हो ।
प्रहरी फर्किएसँगै स्थानीय जनप्रतिनिधि र बासिन्दाले अबिर, फूल र खादाले प्रहरीको स्वागत गरे । उनीहरूले सुरक्षाकर्मी फर्किनु आफ्नो सुरक्षाका लागि अपरिहार्य भएको बताउँदै पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
देश संवेदनशील अवस्थामा पुग्दा चौकीबाट प्रहरी फर्किएपछि अभिभावकविहीन भएको अनुभूति भएको भन्दै पुन: चौकी फर्किएका प्रहरीलाई स्थानीयको साथ रहने गल्छी गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारीले बताए ।
जिल्ला प्रहरी प्रमुख भेषराज रीजालले प्रहरी सदैव जनताको सुरक्षाका लागि खटिने भन्दै आगामी दिनमा प्रहरीको गतिविधि अझ समुदायमैत्री बनाउन जोड दिने बताए ।
चौकी पुनःस्थापनासँगै स्थानीयले शान्ति र सुरक्षाप्रति आशा व्यक्त गरेका छन्। उनीहरूका अनुसार प्रहरी चौकी पुनः सञ्चालन हुनु भनेको अपराध नियन्त्रण, न्यायिक प्रक्रिया सजिलो हुनु र दैनिकी सहज हुनु हो स्थानीयले बताएका छन् ।
धादिङमा अझै ८ चौकीमा प्रहरी पुन:स्थापना गर्नुपर्ने छ । उनीहरुको पनि क्रमश: पुन:स्थापना गरिने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया