नुवाकोटको जनजीवन सामान्य बन्दै

नुवाकोट । जेन-जीको प्रदर्शन मत्थर भएसँगै नुवाकोटको जनजीवन सामान्य उन्मुख छ।

आज बिहानदेखि सवारीसाधनको चहलपहल बढेको छ। बजारमा किनमेल गर्नेको पनि चहलपहल देखिन्छ। बिहानको समयमा आवतजावत खुकुलो पारिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए ।
नुवाकोट प्रशासनले शनिवार विहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । आजको दिउँसोसम्मको परिस्थिति मूल्याकङ्न गरेर निषेधाज्ञा थप कडा गर्ने या सहज बनाउँदै जाने भन्ने निर्णय गरिने बताए । अहिले जिल्लाको सुरक्षा व्यवस्था चुस्त र कडा तुल्याइएको छ।
अत्यावश्यक कामका लागि आवतजावत गर्न बिहान र साँझपख निषेधाज्ञा खुकुलो पारिएको उनको भनाइ छ। नुवाकोटमा यसअघि दुई दिन लगातार कर्फ्यु लगाइँदै आएको थियो ।
जिल्लाभर निषधेज्ञा तोकिएपनि बजारका अधिकांश पसलहरु खुलेका छन् । पसल खुलेपनि आम सर्वसाधारण घर बाहिर निस्किएका छैनन ।
जेनजीले यही भदौ २३ र २४ गते गरेको आन्दोलन उग्र बनेपछि नुवाकोटमा विभिन्न राजतीतिक दलका पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्नुका साथै नेताको घरमा समेत क्षति पुराइएको थियो ।
नेपाली कांग्रेसको पार्टी कार्यालय, नेकपा एमालेको पार्टी कार्यालय, नेपाली कांग्रेसका नेता अर्जुननरसिंहको विदुरको घर, र माओवादी केन्द्रको पार्टी कार्यालयको सामान र रास्वपाको कार्यालयको टेवल कुर्सी लगायत दर्जनौँ सरकारी तथा निजी भवनमा आगजानीले ठूलो क्षति पुर्याएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया