आजको मौसम : देशभर मौसम बदली

विदुर खबर २०८२ भदौ २६ गते ८:०५

नुवाकोट । देशभर आज साधारणतया मौसम बदली रहनेछ।

Advertisement

हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ।

कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा र बाँकी तराईका भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

Advertisement

मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशको पहाड र मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Advertisement

प्रतिक्रिया