परिणाम ल्याउन लागिपरेका छौं : मुख्यमन्त्री पौडेल
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार प्रचारप्रसारभन्दा परिणाम ल्याउने गरी काम गर्न लागिपरेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोकर्णेश्वर नगर कार्यपालिका संसदीय दलले जोरपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले छ महिने प्रदेश सरकारका कामलाई २५० वर्षको सङ्घीय सरकारसँग तुलना गरिनु नहुने बताउनुभयो ।
“सङ्घीय सरकारसँग २५० वर्षको, स्थानीय सरकारसँग ७० वर्षको अनुभव छ, यी दुई सरकारको कामसँग छ महिने प्रदेश सरकारको तुलना गरिनुहुन्न”, उहाँले भन्नुभयो । प्रदेश सरकार नरम देखिए पनि गलत काम गर्नेलाई नछोड्ने मुख्यमन्त्री पौडेलको प्रतिबद्धता छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद कृष्ण राईले नीतिगत सुधारका काममा प्रदेश सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले ३ नं प्रदेश सरकार वातावरण मैत्री विकास निर्माणका काम गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा गोकर्णेश्वर नगर संसदीय दलका नेता श्रीकुमार श्रेष्ठ, नेकपा नेता विश्वनाथ प्याकुरेललगायतले प्रदेश सरकारले दिगो विकासका काम गराउन लाग्नुपर्ने बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया