देशका पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना
विदुर खबर
२०८२ भदौ २२ गते ७:३१
नुवाकोट । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानमा तथा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ।

सिक्किम आसपासको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालको पूर्वी भागमा प्रभाव पारिरहेको छ।
यसको प्रभावस्वरूप कोशी, बाग्मती र गण्डकी प्रदेशसहित पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो र राति पनि देशका पहाडी भूभागमा मध्यम वर्षा र कोशी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको तराई भागमा पनि राति भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे तारकेश्वरका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने
देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ





प्रतिक्रिया