तेस्रो सुर्यगढी कप जिल्लास्तरिय फुटबल प्रतियोगिताको तयारी तिव्र

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर ३ मा आगामी असोज ७ गतेदेखि हुने “तेस्रो सुर्यगढी कप तथा नुवाकोट जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता–२०८२” को तयारी तिव्र पारिएको छ ।

सुर्यगढी नव युवा क्लबको आयोजना तथा सुर्यगढी गाउँपालिका संरक्षकत्वमा हुने प्रतियोगिता आगामी असोज ७ गतेदेखि १३ गतेसम्म हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा जिल्लाका विभिन्न पालिका तथा क्लबहरू गरी १६ भन्दा बढी टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
नकआउट प्रणालीमा खेलाइने प्रतियोगिताको विजेताले एक लाख ६६ हजार ६ सय ६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ८३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सुर्यगढी नव युवा क्लबका अध्यक्ष राजु तामाङले जानकारी दिए ।
तामाङका अनुसार प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई समेत पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्रको विकास, युवा प्रतिभा उत्थान र खेलमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया