नुवाकोटको दुप्चेश्वरमा गाउँलले श्रमदान गरेर अवरुद्ध सडक खुलाए

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नमबर २ गाउँखर्कको पाङ्गारमा गाउँलेहरुले श्रमदान गरेर अवरुद्ध सडक खुलाएका छन् ।

गत असार १३ गते आएको बाढीले अवरुद्ध भएको सडक स्थानियहरुले हाते औजारको प्रयोग गरेर श्रमदान मार्फत अवरुद्ध सडक खुलाएका हुन् । गाउखर्कको पाङ्गार भन्ने ठाउँमा पाङ्गारबाट छेपार,नाटाङ गोल्फुभन्ज्याङ सिन्धुपाल्चोक हेलाम्बु हुँदै काठमाडौ जाने सडक स्थानियले आफै श्रम दान गरेर खुलाएको स्थानिय रविन तामाङले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि गाउँनै यातायातको पहँचबाट वाहिर रहेपछि स्थानियहरुले सोमवार प्रत्येक घरबाट एक÷एक जनाको सहभागितामा श्रमदान गरि अवरुद्ध सडक खुलाएका हुन् । गाउँपालिकालाई खबर गर्दा ठुलो मेसिन ल्याउन नसक्ने जवाफ पाएपछि समाजसेवी दोर्जे तामाङको विशेष पहलमा गाउँलेहरुले श्रमदान गरेका थिए ।

बाढी र पहिरोले अवरुद्ध पारेको सडकको खोलामा वाल लगएर सोलिङ गरेपछि यहि बाटोको डिप्ले भन्ने ठाउँमा पहिरोको हिलो पन्छाएर बाटो मर्मत गरि यातायात सुचारु गरिएको छ ।
श्रमदानमा गाउँका झण्डै ७० भन्दा बढीको उपस्थिति रहेको थियो ।
अबरुद्ध भएको सडक संचालनमा आएसँगै स्थानियहरु खुशी भएका छन् । सडक संचालनमा आएसँगै केही दिनमा नै सिन्धु आमायाङ्री यातायात प्रालिले काठमाडौको नारायणटारबाट टाटा सुमो सन्चलन गर्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया