बागमती प्रदेशसभा बैठक भदौ १५ मा बस्ने
नुवाकाेट । बागमती प्रदेशसभा बैठक भदौ १५ गते आइतबार बस्ने भएको छ ।

प्रदेशसभा सचिवालय हेटौंडाले सूचना जारी गर्दै भदौ १५ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको जनाएको छ ।
प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले बिहीबार जारी गरेको सूचनामा बैठकको समय निर्धारण भएको उल्लेख गरिएको छ । प्रदेशसभाको छैटौं अधिवेशनअन्तर्गत बाह्रौ बैठक प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको सचिवालयले जनाएको छ ।
बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन २ विधेयकको प्रतिवेदन पेस हुने कार्यसूची रहेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुनेछ ।
बैठकमा विशेष समय र शून्य समयको कार्यसूची रहने सभामुख पाठकले बताए ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया