धादिङमा हात्तीपाइले रोगका नयाँ विरामी बढ्दै
नुवाकोट । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको सल्यानटारमा बसोबास गर्ने कुमाल र दराई समुदायका मानिसहरुमादेखा परेको हात्तीपाइले रोगको सङ्क्रमण पछिल्लो समय धादिङका अन्य स्थानीय तहहरूमा पनि भेटिएको छ ।

पछिल्लो समय हात्तीपाइलेका नयाँ बिरामीहरू नीलकण्ठ नगरपालिका, थाँक्रे र गल्छी गाउँपालिकामा भेटिएका हुन् । सरकारले वर्षौँदेखि हात्तीपाइले रोग निवारणका लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको भए पनि खासै प्रभावकारी नहुँदा यो रोगको संक्रमणका नयाँ बिरामीहरू पनि देखिएको हो ।
पुराना रोगीहरू शारीरिक रूपमा अशक्त समेत बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ । नयाँ बिरामीहरू नीलकण्ठ नगरपालिका,त्रिपुरा सुन्दरी गाउँपालिका लगायत गल्छी र थाँक्रे गाउँपालिकामा थपिएका हुन् ।
चालु आर्थिक वर्षमा ६० जना हात्ती पाइलेसँग मिल्दो जुल्दो लक्ष्यणका नयाँ विरामीहरु भेटिएको धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मीले बताउनुभयो । मानिसहरुमा हात खुट्टालागएत शरीरका अङ्गहरू र जोर्नीहरू सुन्निने जस्ता लक्षण देखा पर्ने गरेको बिरामीहरू भेटिएका हुन् ।
यस्ता लक्षणका विरामीहरु लामो समयसम्म निको नहुने र बिस्तारै सुनिएका अङ्गहरूमा सङ्क्रमण समेत देखिन थालेको भनाई विरामीहरुको छ ।
यो रोगको सङ्क्रमण भइसके पछि रोग पूर्ण रूपमा निको नहुने र थप जटिलता आउन नदिनका लागी औषधी सेवन गर्नु पर्ने सुझाव दिँदै डाक्टर रेग्मीले सरकारले समेत हात्तीपाइले रोग निवारणका लागी विभिन्न कार्यक्रमहरू चलाउँदै आएको बताउनु भएको छ ।
यससंगै यो रोगको सङ्क्रमणबाट बच्न मुख्य उपाय भनेको वातावरणीय सरसफाई र लामखुट्टेको टोकाइबाट बच्नु चिकित्सकहरुले सुझाव दिएका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया