देशभरि बदली र वर्षा, केही ठाउँमा भारी वर्षाको सम्भावना
विदुर खबर
२०८२ भदौ १३ गते ७:२६
नुवाकोट । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा सक्रिय रहेकाले देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा भएको छ भने दिउँसो देशभरि नै बदली रहनेछ।
सातै प्रदेशका पहाडी भूभागहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद गोविन्द झाले बताएका छन्।
कोशी, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ। राति पनि देशभरि बदली रहनेछ भने कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ। भोलिदेखि भने मौसममा सुधार आउने अनुमान गरिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
आज नवरात्रको छैटौं दिन, यस्तो छ कात्यायनी देवीको पूजाविधि
कांग्रेस सहमहामन्त्री खुला खस आर्यतर्फ आचार्य विजयी
त्रिशूली अस्पतालमा MRI मेसिन उपलब्ध गराउन ऐतिहासिक सम्झौता
रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान





प्रतिक्रिया