देशभरि बदली र वर्षा, केही ठाउँमा भारी वर्षाको सम्भावना
विदुर खबर
२०८२ भदौ १३ गते ७:२६
नुवाकोट । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा सक्रिय रहेकाले देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा भएको छ भने दिउँसो देशभरि नै बदली रहनेछ।
सातै प्रदेशका पहाडी भूभागहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद गोविन्द झाले बताएका छन्।
कोशी, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ। राति पनि देशभरि बदली रहनेछ भने कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ। भोलिदेखि भने मौसममा सुधार आउने अनुमान गरिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक





प्रतिक्रिया