रसुवामा ११ प्रतिशत पुँजीगत खर्च
रसुवा, रसुवामा चालु आर्थिक वर्षको तीन महिनामा करिव ११ प्रतिशत पुँजीगत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाका अनुसार साउनदेखि असोज मसान्तसम्म १० दशमलव ५७ प्रतिशत विकास बजेट खर्च भएको हो । जिल्लामा ३६ करोड ६९ लाख ६ हजार पुँजीगत बजेट आएको थियो ।
जसमा हालसम्म ३ करोड ८७ लाख ९१ हजार २ सय ७९ रुपयाँ खर्च भएको छ । चालुतर्फ भने ३० प्रतिशत खर्च भइसकेको छ । २ अर्ब २४ करोड ९७ लाख १२ हजार ७ सय २६ रुपयाँमध्ये ६८ करोड ४६ लाख ६८ हजार २ सय ८९ रुपयाँ खर्च भएको कार्यालयले जनाएको छ ।
जिल्लामा विकास निर्माणमा काम गर्ने कार्यालय नहुँदा विकास बजेट खर्च हुन नसकेको हो । विकासको हिसावले पछि परेको रसुवामा तीन महिनामा भएको खर्च राम्रो भएको भएपनि यसमै सन्तोष मान्न सकिने अवस्था भने नरहेको कोष तथा लेखा नियन्त्रक प्रमुख दीपक लामिछानेले बताए ।
‘जिल्लामा चाडपर्व सकिएपछि विकास निर्माणले गति लिने गरेको छ, उनले भने, गत वर्षको तुलनामा विकास बजेटको खर्च बढेको छ ।’ यसअघि जिल्लामा रहेका खानेपानी, सहरी विकास, कृषि, पशु र सडक कार्यालय नुवाकोट र धादिङले हेर्ने भएका छन् ।
विकासे कार्यालयमध्ये जिल्लामा सिँचाइ सव डिभिजनको कार्यालय मात्रै रहने भएको छ । जिल्लामा तीन महिनामा करिव तीन अर्ब राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । स्थानीय तह आएपछि जिल्लामा विकास निर्माणको कामले गति लिएको देखिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया