रवि लामिछानेलाई नख्खु कारागार स्थानान्तरण गर्ने निर्णय
विदुर खबर
२०८२ साउन ३२ गते ८:३५
नुवाकोट । कारागार व्यवस्थापन विभागले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार स्थानान्तरण गर्न स्वीकृति दिएको छ ।

विभागको स्वीकृतिपछि जिल्ला कारागार रुपन्देहीले शुक्रबार लामिछानेलाई नख्खुमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै लामिछानेलाई काठमाडौं ल्याउन प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताए ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछाने अदालतको आदेशपछि पुर्पक्षका लागि कारागारमा छन् । यसअघि लामिछानेले काठमाडौंको डिल्लीबजार कारागार स्थानान्तरणको लागि जेल प्रशासनमा निवेदन दिएका थिए । उनले डेढ महिना अगाडि नै निवेदन पनि गृह मन्त्रालयले प्रक्रिया अगाडि बढाएको थिएन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया