चौथो एनयुएफसी अन्तर विद्यालय फुटसल प्रतियोगिता सुरु

नुवाकोट । एनयुएफसी छात्र तथा छात्रा अन्तर विद्यालयस्तरिय फुटसल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीले गरेका थिए । प्रतियोगिताको उद्घाटन खेल हिमालयन एकेडेमी र महिन्द्र माविविच भइरहेको छ ।
नुवाकोट युनाइटेड फुटवल क्लबको आयोजनामा भएको प्रतियोगितामा छात्रातर्फ १४ टिम र छात्रतर्फ ३६ टिमको सहभागिता रहेको आयोजक नुवाकोट युनाइटेड फुटवल क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

एनयुएफसीको फुटसल मैदान बट्टारमा हुने प्रतियोगिाताको विजेता र उजविजेताले नगदसहित मेडल ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता लिगकम नक आउटका आधारमा खेलाइने छ ।

फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जित, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका सभापति विजय गुरुङ र विदुर नगर खेलकुद समितिका अध्यक्ष अच्युत महन्त गिरी लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया