खुल्ला ‘६’ ए साईड फुटबल प्रतियोगिताको उपाधि तप्तले उचाल्यो
नुवाकोट । विदुर ६ ईनारपाटीमा जारी खुल्ला ‘६’ ए साईड फुटबल प्रतियोगिताको उपाधि तप्त युवा क्लबले हात पारेको छ ।

मंगलावार सम्पन्न भएको फाईनलमा नुवाकोट युनाइटेड फुटवल क्लबलाई १–० गोलको झिनो अन्तरले पराजित गर्दै तप्तले उपाधिमाथि कब्जा जमाएको हो ।

तप्तलाई उपाधि दिलाउन एक मात्र निर्णायक गोल राजाराम चित्रकारले गरेका थिए । प्रतियोगिताको उपाधि विजेता तप्त युवा क्लबले उपाधिसहित नगद २२ हजार २ सय २२ रुपैयाँ मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो भने उपविजेता बनेको नुवाकोट युनाइटेड फुटवल क्लबले नगद ११ हजार १ सय ११ रुपैयाँ मेडल, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा नुवाकोट युनाइटेड फुटवल क्लबका सन्तोष श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए भने तप्त युवा क्लवका मनिष प्याकुरेल उत्कृष्ट गोलरक्षक र न्यु इनारपाटी युवा क्लवका प्रदीप हमाल उच्च गोलकर्ता घोषित भए ।
प्रतियोगिताको उपाधि विजेता र उपविजेता टोलीहरुलाई विदुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे, वडा सदस्य रामचन्द्र पौडेल, रुपक कुमाल लगायतले पुरस्कार वितरण गरे ।

न्यु ईनारपाटी युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका विभिन्न १३ टिमको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया