खुल्ला ‘६’ ए साईड फुटबल प्रतियोगिताको उपाधि तप्तले उचाल्यो

विदुर खबर २०८२ साउन २८ गते २२:३६

नुवाकोट । विदुर ६ ईनारपाटीमा जारी खुल्ला ‘६’ ए साईड फुटबल प्रतियोगिताको उपाधि तप्त युवा क्लबले हात पारेको छ ।

Advertisement

मंगलावार सम्पन्न भएको फाईनलमा नुवाकोट युनाइटेड फुटवल क्लबलाई १–० गोलको झिनो अन्तरले पराजित गर्दै तप्तले उपाधिमाथि कब्जा जमाएको हो ।

तप्तलाई उपाधि दिलाउन एक मात्र निर्णायक गोल राजाराम चित्रकारले गरेका थिए । प्रतियोगिताको उपाधि विजेता तप्त युवा क्लबले उपाधिसहित नगद २२ हजार २ सय २२ रुपैयाँ मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो भने उपविजेता बनेको नुवाकोट युनाइटेड फुटवल क्लबले नगद ११ हजार १ सय ११ रुपैयाँ मेडल, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।

Advertisement

प्रतियोगितामा नुवाकोट युनाइटेड फुटवल क्लबका सन्तोष श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए भने तप्त युवा क्लवका मनिष प्याकुरेल उत्कृष्ट गोलरक्षक र न्यु इनारपाटी युवा क्लवका प्रदीप हमाल उच्च गोलकर्ता घोषित भए ।

प्रतियोगिताको उपाधि विजेता र उपविजेता टोलीहरुलाई विदुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे, वडा सदस्य रामचन्द्र पौडेल, रुपक कुमाल लगायतले पुरस्कार वितरण गरे ।

Advertisement

न्यु ईनारपाटी युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका विभिन्न १३ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया