ईनारपाटीमा जारी खुल्ला ‘६’ ए साईड फुटबल प्रतियोगिताको क्वाटरफाईनल समिकरण पुरा शुरु

विदुर खबर २०८२ साउन २६ गते २२:३१

नुवाकोट । विदुर ६ ईनारपाटीमा जारी खुल्ला ‘६’ ए साईड फुटबल प्रतियोगिता क्वाटरफाईनलको समिकरण पुरा भएको छ ।

Advertisement

न्यु ईनारपाटी युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको क्वाटरफाईनको समिकरण पुरा भएको आयोजक क्लबका ईश्वर केसीले जानकारी दिए । कुल १३ टिमको सहभागिता रहेको प्रतियोगिताको क्वाटरफाईनल खेल सोमवार विहान संचालन हुने छ ।
सोमवार पहिलो क्वाटरफाईनलमा गौरेश्वर धाम युवा क्लबले गोर्खा स्ट्रोङसँग विहान ८ बजे प्रतिष्पर्धा गर्नेछ भने दोस्रो क्वाटरफाईनलमा श्री जनजागृती युवा क्लबले नुवाकोट युनाइटेड फुटवल क्लबसँग खेल्नेछ ।

त्यस्तै तेस्रो क्वाटरफाईनलमा नवज्योती युथ क्लबले तप्त युवा क्लबसँग खेल्नेछ भने अन्तिम क्वाटरफाईनलमा आयोजक न्यु ईनारपाटी युथ क्लबले गड्खारसँग प्रतिष्पर्धा गर्नेछ ।

Advertisement

सेमिफाईनल र फाईनल खेल नै सोमवार नै हुने आयोजकले जनाएको छ । सेमिफाईनल खेल दिउँसो साढे १२ बजे र १ बजे संचालन हुने छ भने फाईनल खेल दिउँसो ३ बजे संचालन हुने छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २२ हजार २ सय २२ रुपैयाँ मेडल, ट्रफी र प्रमाणपत्र हात पार्ने आयोजक क्लबका जीवन कुमालले जानकारी दिए ।

Advertisement

त्यस्तै उपविजेताले ११ हजार एक सय ११ रुपैयाँसहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी, गोलरक्षक र धेरै गोल गर्ने खेलाडीलाई समेत सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया