ईनारपाटीमा खुल्ला ‘६’ ए साईड फुटबल प्रतियोगिता हुने

विदुर खबर २०८२ साउन २४ गते १३:१४

नुवाकोट । भोलि (शनिवार) देखि नुवाकोटको विदुर ६ ईनारपाटीमा खुल्ला ‘६’ ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

Advertisement

न्यु ईनारपाटी युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा शनिवारदेखि प्रतियोगिता शुरु हुन लागेको हो ।

ईनारपाटी (महारानीडिही)को खेल मैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २२ हजार २ सय २२ रुपैयाँ मेडल, ट्रफी र प्रमाणपत्र हात पार्ने आयोजक जीवन कुमालले जानकारी दिए । त्यस्तै उपविजेताले ११ हजार एक सय ११ रुपैयाँसहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Advertisement

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा जिल्लाको विभिन्न एक दर्जनभन्दा बढी क्लबहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको फाइनल मिति भने अहिले नतोकिएको आयोजकका प्रतिनिधि ईश्वर केसीले बताए । केसीका अनुसार कति टिम आउने निश्चित नभएकोले टिम दर्ता सम्पन्न भईसकेपछि सोही अनुसार फाइनल मिति तोकिने उनले जानकारी दिए ।

Advertisement

प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ५ हजार ५ सय ५५ रुपैयाँ तोकिएको छ । प्रतियोगितामा सहभागिताको लागि आजै ४ बजेसम्म टिम दर्ता गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया