आइतबार सार्वजनिक बिदा
नुवाकोट । गाईजात्राको अवसरमा बागमती प्रदेश सरकारले पहिलोपटक आगामी साउन २५ गते (आइतबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीद्वारा जारी सूचनामा मन्त्रिपरिषद् निर्णयअनुसार सूचना प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेकाले बिदा दिइएको उल्लेख छ ।
नेवार समुदायको मौलिक संस्कृति झल्किने यस पर्व प्रदेशको सांस्कृतिक विविधता र समावेशीपनको परिचायक मानिने भएकाले प्रदेश सरकारले यस वर्षदेखि गाईजात्रालाई सार्वजनिक बिदा सूचीमा राखेको हो । यसअघि गाईजात्राको दिन काठमाडौं उपत्यकाभित्र मात्र बिदा दिने गरिए पनि अब बागमती प्रदेशअन्तर्गत सबै जिल्लामा समानरुपमा सार्वजनिक बिदा लागु हुनेछ ।
गाईजात्रा पर्व विशेषगरि नेवार समुदायमा मनाइने प्रमुख सांस्कृतिक पर्व हो । काठमाडौं उपत्यकासहित नेवार समुदायको बाक्लो बसोबास रहेको ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुरलगायत जिल्लामा गाईजात्रा उल्लासपूर्वक मनाइन्छ । यस पर्वमा गाई वा मानिसलाई गाईसरह सिंगारी नगरपरिक्रमा गराइन्छ ।
यस पर्व नेवार संस्कृतिबाट प्रारम्भ भएकाले खासगरि काठमाडौं उपत्यका र देशविदेशमा नेवारहरुको बसोबास भएका सहरहरुमा विशेष महत्वसाथ मनाइन्छ । नेवार समुदायमा वर्षदिनभित्र दिवंगत पितृहरुको सम्मान तथा मुक्तिका लागि गाईजात्रा मनाउने लौकिक विधान छ । प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म यस पर्व मनाउने गरिन्छ ।
पछिल्लो समयमा गाईजात्रा हास्यव्यङ्ग्य विधालाई उजागर गर्ने पर्वका रुपमा पनि स्थापित हुँदै आएको छ । यस पर्वको अवसरमा विभिन्न पत्रपत्रिकाले हास्यव्यङ्ग्यका विशेषांक निकाल्छन् भने हास्यकलाकारले समाज र राष्ट्रमा हुने गरेका विकृति–विसंगतिलाई व्यङ्ग्यात्मक प्रहसनमार्फत् औंल्याउने गरेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया