अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नुवाकोटका डंगोलले सहभागिता जनाउने

नुवाकोट । तेक्वान्दोका अनुभवी प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री राजेन्द्र डंगोलले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्ने गौरवमय अवसर पाएका छन्।

६ औं डान ब्ल्याक बेल्ट होल्डर तथा क्योरोेगी र पुम्से विधामा अन्तर्राष्ट्रिय रेफ्री रहेका नुवाकोटका डंगोलले थाइल्यान्डमा आयोजना हुने ८ औं हिरोज इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा सहभागीता जनाउने भएका छन् ।
प्रतियोगितामा विश्वका ३० भन्दा बढी देशका झण्डै ३ हजार ५ सयभन्दा धेरै खेलाडीहरुको सहभागितामा रहने बताइएको छ ।
खेलकुदमार्फत देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रयासमा समर्पित डंगोलको यो प्रतिनिधित्व नेपाली तेक्वान्दोको लागि गर्वको विषय भएको सरोकारवालाहरु बताउँछन् ।

तेक्वान्दो क्षेत्रमा दशकौँदेखि समर्पित डंगोलको अनुशासन, लगनशीलता र निष्ठाका कारण उनले यस सम्मानजनक अवसर प्राप्त गरेका हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया