कांग्रेस बागमती प्रदेश संसदीय दलकाे नेतामा बानियाँ निर्वाचित
नुवाकोट । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकाे नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

प्रदेशसभा सचिवालय परिसरमा आज बुधवार भएको दलकाे निर्वाचनमा बानियाँले मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामा तामाङलाई पराजित गरेका हुन् । बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मात्रै मत ल्याउन सके । १ मत बदर भएकाे छ । १३ साउन मंगलबार आफू विरूद्ध संसदीय दलमा परेकाे अविश्वासकाे प्रस्तावकाे विपक्षमा १५ मत मात्रै आएपछि उनले दल नेताकाे हैसियत गुमाएका थिए । अविश्वासकाे प्रस्तावकाे पक्षमा २२ मत परेकाे थियाे ।
लामाले दलकाे नेताकाे हैसियत गुमाएपछि आज बुधवार दलकाे नेता चयनका लागि निर्वाचन भएकाे हाे । बानियाँकाे नेतृत्वमा कांग्रेसका २१ जना सांसदले ९ साउनमा दल कार्यालयमा अविश्वासकाे प्रस्ताव दर्ता गरेका थिए । लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।
बानियाँ र लामा संसदीय दलकाे नेतामा दाेस्राे पटक भिडेका हुन् । प्रदेश सभाकाे दाेस्राे कार्यकालमा पहिलाे पटक १३ पुस २०७९ मा संसदीय दलकाे निर्वाचन हारेका बानियाँले साढे २ वर्षमै नतिजा उल्ट्याए ।
लामा र बानियाँ दाेस्राे पटक दलकाे नेताका लागि निर्वाचन लडेका हुन् । ४ मंसिर २०७९ मा भएकाे प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सभाकाे ठूलाे दल नेपाली कांग्रेस संसदीय दलकाे नेताका लागि १३ पुस २०७९ मा भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए ।

त्यति वेला लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया