संसदीय दलको नेताको लागि लामा र बानियाँको उम्मेदवारी
नुवाकोट । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मुख्यमन्त्री बहादुर सिंह लामा र नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले उम्मेदवारी दिएका हुन्।
हेटौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्।
मुख्यमन्त्री लामाको प्रस्तावकमा तिर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने समर्थकमा कुन्दन राज काफ्ले र रामकुमार पहाडी रहेका छन्।
त्यस्तै, बानियाँको प्रस्तावकमा यांकिला शेर्पा र समर्थकमा कृष्णकुमार तामाङ रहेका छन्।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली बिहान ११ः३० बजे सार्वजनिक गरिनेछ। उम्मेदवारी फिर्ता लिन चाहनेका लागि दिउँसो १२ बजेसम्मको समय तोकिएको छ। अन्तिम उम्मेदवारको नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ भने मतदान दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ।
मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ। निर्वाचन समितिले जनाएअनुसार मतदानलगत्तै मतगणना सुरु हुनेछ र सोही दिन नतिजा सार्वजनिक गरिनेछ।

मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामाले विश्वास गुमाएपछि बागमती कांग्रेसमा दलको नेता चयनका लागि निर्वाचन हुन लागेको हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया