गलाको सिक्री थुत्ने धादिङका लम्साल पक्राउ
विदुर खबर
२०८२ साउन १२ गते १४:२३
नुवाकोट । पैदल हिँड्दै गरेकी महिलाको गलाको सिक्री थुतेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–४ घर भइ कलंकी बस्दै आएका ३१ वर्षीय दीपेश लम्साल छन् । प्रहरी वृत्त कालिमाटीको टोलीले उनलाई कलंकीबाट पक्राउ गरेको हो ।
उनले ९ साउनको दिउँसो ४ बजेतिर काठमाडौं महानगरपालिका–१४ लामपाटीस्थित सडकमा हिँड्दै गरेकी ७३ वर्षीया रुकमिणी रायमाझीको गलाको सिक्री थुतेर फरार भएका थिए ।
उनको १ तोला २५.८ लालको सिक्री चोरी गरेर फरार भएका उनलाई सोही दिन दिउँसो साढे ५ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध चोरीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया