सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नुवाकोट । भक्तपुर, सूर्यविनायक नगरपालिका-८ स्थित इटभु चोकमा काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा.५ ख ४७८२ नम्बरको बसको ठक्करबाट पैदलयात्री भक्तपुर नगरपालिका-४ मंगलाछेँ घर भई भक्तपुर आदर्श बस्ने ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठको मंगलबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट फतुवा बिजयपुर नगरपालिका-८ बिजयपुर टोलस्थित सडकमा ना.२५ प ५१७९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६७ वर्षीया रबली देवी थारूनीको मृत्यु भएको छ ।
सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया