धादिङ धुनीवेशी-४ का वडाध्यक्ष पक्राउ

विदुर खबर २०८२ असार २९ गते ६:५६

नुवाकोट । धुनीवेशी नगरपालिकास्थित वडा नम्वर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिवार विहान कलंकीबाट प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

प्रहरीको खोजीको सूचीमा रहेका सुवेदी सात महिना अधिदेखि फरार थिए । अध्यक्ष सुवेदी सार्वजनिक किर्ते मुद्दाको फरार प्रतिवाद हुन् ।

सुवेदीले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको भनी जन्मदर्ता गरेर त्यही जन्मदर्ताको आधारमा नागरिकता बनाई जग्गा विक्रि गरेको आरोपमा जिल्ला अदालत धादिङमा मुद्दा दर्ता भई प्रहरीको खोजी गरिरहेको थियो ।

Advertisement

सुवेदीलाई पक्राउ गरे लगत्तै धादिङ लगिएको छ ।

उनी २०७४ मा नेकपा एमाले र २०७९ मा नेकपा एकीकृत समाजवदी पार्टीबाट वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुन् ।

Advertisement

प्रतिक्रिया