वाइसिएलले दुई महिने श्रम तथा उत्पादन अभियान चलाउने

विदुर खबर २०८२ असार २५ गते २२:३८

नुवाकोट । माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले दुई महिने ‘श्रम तथा उत्पादन अभियान’ सञ्चालन गर्ने भएको छ ।

Advertisement

बुधबारको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले आगामी साउन १ गतेदेखि उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष पुष्प ओलीले जानकारी दिए । पार्टी अध्यक्ष पुष्पकमल दाहालले अभियानको उद्घाटन गर्ने वाइसिएलले जनाएको छ ।

बैठकमा इन्चार्ज रामप्रसाद सापकोटाले संगठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियानलाई सफल पार्न आग्रह गरे । वाइसिएलले विपद् व्यवस्थापनमा सक्रियरूपमा खटिइने गरी विपद् व्यवस्थापन समूहसमेत गठन गरेको छ ।

Advertisement

यसैगरी वाइसिएलले वैदेशिक रोजगारमा हुने ठगी, सरकारी कार्यालय तथा निर्माण परियोजनामा हुने ढिलासुस्तीलगायत विरुद्ध दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी १६ देखि २५ वर्ष उमेर समूहका युवालाई लिएर ‘पोलिटिकल युथ कन्सर्ट’ आयोजना गर्ने वाइसिएलको तयारी छ ।

Advertisement

प्रतिक्रिया